images
images

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय


  • 469
    SHARES
  • २०८१ आश्विन ९ गते बुधबार

    युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

    काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार (आज) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१  नाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

    गत वर्ष यस कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो ।

    कम्पनीले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको छ ।

    असोज २३ गतेसम्म यस कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ता मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् । 


    images

    Logo