images
images

सरकारले विदेशी नागरिकको  विलम्ब शुल्क र जरिवाना नलिने


  • 553
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    सरकारले विदेशी नागरिकको  विलम्ब शुल्क र जरिवाना नलिने

    काठमाडौं । नेपाल सरकारले वैशाख १६ गतेदेखि  निषेधाज्ञाका कारण नेपालमै रोकिएका विदेशी नागरिकको हकमा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको छ ।

    साथै वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान सूरु भएपछि पनि नेपालमै बस्न चाहने विदेशी नागरिकको हकमा निषेधाज्ञा समाप्त भएको मितिले ७ दिनभित्र भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका अध्यागमन कार्यालयमा आवेदन गरेमा बिलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको छ ।

    त्यसका साथै गत वैशाख १५ गतेसम्म नेपालको वैध पर्यटन भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन अन्तर्गत गणना नगर्ने पनि स्पष्ट पारेको छ ।

    अन्तर्राष्ट्रिय हवाई उडान स्थगन रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएको मितिदेखि ७ दिनभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिसा नियमित हुने विभागको भनाइ छ ।


    images

    Logo