images
images

 निषेधाज्ञासँगै  घट्यो  ब्रोइलर कुखुराको मासुको मूल्य 


  • 958
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

     निषेधाज्ञासँगै  घट्यो  ब्रोइलर कुखुराको मासुको मूल्य 

    काठमाडौ । करिब एक हप्ता अघिसम्म हालसम्म कै उच्च मूल्यमा बिक्री भएको कुखुराको मासु अहिले दैनिक रुपमा घट्दै गएको छ ।

    विगतको दिनमा व्यवसायीहरूले प्रतिकेजी ४ सय ५० रुपैयाँ बिक्री गरिरहेको कुखुराको मूल्य निषेधाज्ञा लागू भएसँगै मूल्य घटेको व्यवसायीहरू बताउँछन् ।

    विगतको दिनमा व्यवसायीहरूले चल्ला उत्पादन गर्ने प्यारेन्ट माउको अभावले बजारमा कुखुराको उत्पादन घट्न थालेपछि कुखुराको मूल्य बढेको बताएका थिए ।

    करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्म बिक्री गर्दै आएको कुखुराको मूल्य निषेधाज्ञा लागू भएपछि खपतसँगै कुखुराको मूल्य घटेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकारम पोखरेल बताउँछन् ।

    एक हप्ता अघिसम्म प्रति केजी ४ सय ५० रुपैयाँसम्म बिक्री भएको कुखुराको मासुको मूल्य निषेधाज्ञा पछि निरन्तर ओरोलो लागेर अहिले प्रतिकेजी ३ सय ७० रुपैयाँ देखि ३ सय ९० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

    ‘देशभर दैनिक ५ लाख केजी खपत हुने गर्दछ । सरकारले निषेधाज्ञा लागु गरेसँगै बजारमा ५० प्रतिशत पनि खपत हुन सकेको छैन । यसले गर्दा उत्पादित कुखुरा बिक्री गर्नकै लागि सस्तोमा बिक्री गर्दै आएको बताए ।

    त्यसैगरी, निषेधाज्ञा अझै लम्बिए घट्न सक्ने व्यवसायीहरूको अनुमान छ । ‘बजारमा उत्पादन कम भएपनि खपत हुन सकेको छैन । सरकारले तोकेको भन्दा अझै निषेधाज्ञा लागु भएमा अझै घट्न सक्छ,’ ह्याचरी संघका अध्यक्ष पोखरेलले भने ।


    images

    Logo