काठमाडौं । नबिल बैंकले साधारणसभा बोलाएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते बस्ने निर्णय गरेको हो ।
बैंकले चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बैंकले बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। मंसिर १० गते १ दिन बुक क्लोज गरिने बैंकले जनाएको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।