images
images

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


  • 393
    SHARES
  • २०८१ मंसिर २ गते आइतबार

    बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार अथात् आज निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि ५० अर्ब तरलता खिच्ने भएको हो । 

    बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत निरन्तर तरलता खिचिरहेको छ । 

    ब्याजदर करिडोर कार्यान्वयनका लागि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

    निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । उक्त औजारको सावाँ र ब्याज भुक्तानी २३ मंसिरमा हुनेछ ।

     

     


    images

    Logo