काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावुक वक्तव्य जारी गरेका छन् । एमालेको अध्यक्षको रुपमा ओलीले वक्तव्य जारी गर्दै विरोधीको दिग्बिजय गराएर उत्सव मनाउने प्रवृत्ति पार्टीमा देखिएको उल्लेख गरेका छन् । उनले यस्ता व्यक्तिलाई इतिहासले कसरी माफी गर्ला भन्दै प्रश्न समेत गरेका छन् ।
ओलीले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । उनले विश्वास प्राप्त गर्न नसक्ने लगभग निश्चित भइसेकेको छ ।
