काठमाडौं । बोटलर्स नेपाल (तराई) ले लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।