images
images

एशियन हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 306
    SHARES
  • २०८१ मंसिर १० गते सोमबार

    एशियन हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । एशियन हाइड्रोपावरले साधारणसभा बोलाएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । हाइड्रोपावरले पुस २ गते मंगलबार ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजे बस्नेगरि सभा बोलाएको छ । 

    कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाका लागि गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरिएका छन्।

    साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ। यसर्थ मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

     

     

     


    images
    images

    Logo