काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।