काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आर्थिक वर्ष २०८०।८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७ सय रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ५ प्रतिशतले हुन आउने ६ करोड ११ लाख ६० हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ३२ लाख १८ हजार ९ सय ७८ रुपैयाँ नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले साधारणसभा पनि आह्वान गरेको छ। सभा पुस १२ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् । सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


