images
images

१३ बैंकले गरे २४ अर्बको लाभांश घोषणा, औसत लाभांश १५%, कुन बैंकको कस्तो अवस्था ?


  • 1.6K
    SHARES
  • २०७८ कार्तिक ९ गते मंगलबार

    १३ बैंकले गरे २४ अर्बको लाभांश घोषणा, औसत लाभांश १५%,  कुन बैंकको कस्तो अवस्था ?

    काठमाडौं । १३ वटा वाणिज्य बैंकहरुले २४ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएका २६ बैंकहरु मध्ये तेह्र वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश गरी २४ अर्ब रुपैयाँ बराबरको लाभांश दिने भएका हुन् । 

    २४ अर्बको कुल लाभांश मध्ये १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस शेयर र ४ अर्ब २२ करोड रुपैयाँ नगद लाभांश घोषणा गरिएको छ । हालसम्म लाभांश घोषणा गरेका बैंकहरुको यो लाभांश औसत १५.३७ प्रतिशत हो । यसमध्ये १२.६६ प्रतिशत बोनस शेयर र २.७१ प्रतिशत नगद लाभांश रहेको छ ।   

    कुन बैंकको लाभांश कति ? 

    नेपाल बैंक 

    नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने ३७ करोड ९ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २ अर्ब १४ करोड रुपैयाँ बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । 

    नेपाल इन्भेष्मेन्ट बैंक

    नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशतका दरले हुन आउने २ अर्ब ५ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३.३८९ प्रतिशतका दरले हुन आउने ५५ करोड रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २ अर्ब ६० करोड रुपैयाँ बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १२.६११ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । 

    स्टयान्डर्ड चाटर्ड बैंक

    स्टयान्डर्ड चाटर्ड बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ८५ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३.०६ प्रतिशतका दरले हुन आउने २६ करोड रुपैयाँ बराबरको नगद लाभांश गरी कुल १ अर्ब ११ करोड रुपैयाँ बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ । 

    हिमालयन बैंक

    हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको २१.३८ प्रतिशतका दरले हुन आउने २ अर्ब २८ करोड रुपैयाँ बोनस र ४.६२ प्रतिशतका दरले हुन आउने ४ करोड ९३ लाख रुपैयाँ नगद लाभांश गरी कुल २ अर्ब ७७ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । २१.३८ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । 

    नेपाल बंगलादेश बैंक 

    नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने १ अर्ब ८ करोड रुपैयाँ बोनस र ३.५ प्रतिशतका दरले हुन आउने ३१ करोड ५ लाख रुपैयाँ नगद लाभांश गरी कुल १ अर्ब ३९ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १० अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । 

    बैंक अफ काठमाण्डु 

    बैंक अफ काठमाण्डु लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बोनस र ४ प्रतिशतका दरले हुन आउने ३८ करोड ६ लाख रुपैयाँ नगद लाभांश गरी कुल १ अर्ब ३५ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । 

    एन आईसी एशिया बैंक

    एन आईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७३ करोड रुपैयाँ बोनस र ०.७८९५ प्रतिशतका दरले हुन आउने ९ करोड १ लाख रुपैयाँ नगद लाभांश गरी कुल १ अर्ब ८२ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १३ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । 

    माछापुच्छ्रे बैंक 

    माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष ०७७÷७८ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बोनस र ०.७ प्रतिशतका दरले हुन आउने ६ करोड ३ लाख रुपैयाँ नगद लाभांश गरी कुल १ अर्ब २६ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

    कुमारी बैंक 

    कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ८३ करोड २ लाख रुपैयाँ बोनस र २ं.६७ प्रतिशतका दरले हुन आउने ३ करोड ७० लाख रुपैयाँ नगद लाभांश गरी कुल १२ करोड ३ लाख रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । 

    सिद्धार्थ बैंक 

    सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ अर्ब ५६ करोड २ लाख रुपैयाँ बोनस र ०.७५ प्रतिशतका दरले हुन आउने ८ करोड २ लाख रुपैयाँ नगद लाभांश गरी १ अर्ब ६४ कुल १२ करोड  रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड रुपैयाँ रहेको छ । १४.२५ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । 

    ग्लोबल आईएमई बैंक

    ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २ अर्ब १६ करोड रुपैयाँ बोनस र ३.५ प्रतिशतका दरले हुन आउने ७५ करोड ७ लाख रुपैयाँ नगद लाभांश गरी कुल २ अर्ब ९२ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । 

    सिटिजन्स बैंक 

    सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड रुपैयाँ बोनस र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८ लाख रुपैयाँ नगद लाभांश गरी कुल २ अर्ब १ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १२.९०१३ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । 

    सानिमा बैंक

    सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशतका दरले हुन आउने १ अर्ब ६४ करोड रुपैयाँ बोनस र ०.८९४७ प्रतिशतका दरले हुन आउने ८ करोड ६ लाख रुपैयाँ नगद लाभांश गरी कुल १ अर्ब ७३ करोड रुपैया बराबरको लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । 

     

     

     

     

     

     

     

     


    सम्झना बरुवाल
    बरुवाल नेपालअर्थ डटकमकी संवाददाता हुन् ।


    images

    Logo