images
images

डाक्टरबिनाको स्वास्थ्य केन्द्र


  • 507
    SHARES
  • २०७८ बैशाख २७ गते सोमबार

    डाक्टरबिनाको स्वास्थ्य केन्द्र

    बागलुङ । कोरोना सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । 

    एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले जनाएको छ ।

    कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो । कोरोना सङ्क्रमणका लागि भएका स्वास्थ्यकर्मीसमेतको करार अवधि सकिएपछि समस्या भएको स्थानीयले गुनासो गरेका छन् । 

    डाक्टरको करार मिति थपेर पुनः क्षत्रीलाई नै ल्याउने अथवा नयाँ विज्ञापन खुलाउने विषयमा छलफल भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्दप्रसाद आचार्यले बताए । 

    नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड–१९ अस्थायी अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको भए पनि डाक्टरको अभाव रहेको उनको भनाइ छ ।
      
    सरकारको मापदण्डअनुसार कोरोना अस्पतालमा कम्तिमा एक डाक्टर, एक पारामेडिक्स्, एक स्टाफ नर्स र एक कार्यालय सहयोगीसहित चार स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ । 


    images

    Logo