images
images

तारागाउँ रिजेन्सीले गर्यो लाभांश घोषणा


  • 400
    SHARES
  • २०८१ मंसिर २० गते बिहीबार

    तारागाउँ रिजेन्सीले गर्यो लाभांश घोषणा

    काठमाडौं ।  तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

    कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा गर्ने जनाएको छ । 

    कम्पनीले गत आर्थिक वर्षमा ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय रुपैयाँ हाराहारी छ ।

     

     


    images

    Logo