images
images

सिद्धार्थ बैंकले नगद लाभांश वितरण गर्ने


  • 368
    SHARES
  • २०८१ मंसिर २३ गते आइतबार

    सिद्धार्थ बैंकले नगद लाभांश वितरण गर्ने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

    मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

     

     


    images

    Logo