images
images

एनएमबि बैंकले बनायो लगानीकर्ताको हातखाली


  • 390
    SHARES
  • २०८१ मंसिर २३ गते आइतबार

    एनएमबि बैंकले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । एनएमबि बैंकले यस बर्ष लगानीकर्ताको हातखाली बनाएको छ । कम्पनीको गत शुक्रबार (मंसिर २१ गते) बसेको संचालक समितिको बैठकले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

     यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ। तर, गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको जनाएको छ ।

    बैंकले गत वर्ष पनि सेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेको थिएन । अघिल्लो वर्ष अर्थात् आर्थिक बर्ष २०७८÷७९ मा भने बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

     


    images

    Logo