images
images

एचआईडिसिएलले गर्यो लाभांश घोषणा, बुकक्लोज कहिले ?


  • 417
    SHARES
  • २०८१ मंसिर २६ गते बुधबार

    एचआईडिसिएलले गर्यो लाभांश घोषणा, बुकक्लोज कहिले ?

    काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल सरकारबाट स्वीकृती प्राप्त गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

    कम्पनीले सो लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते, बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo