काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस अघि दिने भनिएको लाभांश संशोधन गर्ने निर्णय गरेको हो ।
यस अघि १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले अब १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको पत्र पठाउँदा भुल भएको भन्दै लाभांश संशोधन गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।