काठमाडौं । माछापुच्छ्रे बैंकले यस बर्ष लगानीकर्ताको हातखाली बनाएको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ। तर, गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको जनाएको छ ।