images
images

राधी विद्युतले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 346
    SHARES
  • २०८१ मंसिर २७ गते बिहीबार

    राधी विद्युतले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । राधी विद्युतले साधारण सभा बोलाएको छ । कम्पनीले पुस १८ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुरमा  बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images

    Logo