images
images

चिलिमे हाइड्रोपावरले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 349
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    चिलिमे हाइड्रोपावरले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

    सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     

     


    images

    Logo