images
images

नेपाल टेलिकमको लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 366
    SHARES
  • २०८१ पौष ७ गते आइतबार

    नेपाल टेलिकमको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    जसअनुसार शेयरधनीलाई प्रतिशेयर नगद ३० रुपैयाँ (करसहित) वितरण गर्ने निर्णय कम्पनीले गरेको छ ।

    प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीको साधारणस यही पुस २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ ।

    सोही सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

    लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।


    images

    Logo