images
images

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?


  • 315
    SHARES
  • २०८१ पौष ७ गते आइतबार

    सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आह्वान गरेको हो । 

    सभा काठमाडौंको बालुवाटरस्थित आम्रपाली ब्याङक्वेटमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

    सभाले गत आर्थिक वर्ष २०८०।८१को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ३.८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१९ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

    अन्य बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिले प्रदान गरिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

    सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ ।

    लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।


    images

    Logo