images
images

नेपाल कबड्डी लिग माघ ४ गतेदेखि आयोजना हुने


  • 460
    SHARES
  • २०८१ पौष ८ गते सोमबार

    नेपाल कबड्डी लिग माघ ४ गतेदेखि आयोजना हुने

    काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण माघ ४ गतेदेखि सुरु हुने भएको छ । नेपाल कबड्डी संघले एनकेएल माघ ४ देखि १९ गतेसम्म हुने जानकारी गराएकाे छ ।

    पहिलो संस्करणमा ६ टिमको सहभागिता हुनेछ । टिमको नाम, मार्की खेलाडी, प्रशिक्षक र टिम ड्राफ्ट सम्पन्न भईसकेको छ।

    एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।


    images
    images

    Logo