काठमाडौं । कुमारी बैंकले लगानीकर्ताको हातखाली बनाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । संस्थाले उक्त वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
बैठकले वासलात, गत असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। हाल बैंकको चुक्ता पुंजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३ सय ४० रुपैयाँ रहेको छ ।