काठमाडौं । एनआईसी एशिया लघुवित्तले यसबर्ष लगानीकर्ताको हातखाली बनाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसको अर्थात यस वर्ष एनआईसी एशिया लघुवित्तका शेयरधनीहरुको हात खाली हुने भएको छ।
यस बर्ष लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।