images
images

कर्जा नतिर्नेको सम्पत्ति लिलाम गर्दै ग्लोबल आईएमई बैंक


  • 454
    SHARES
  • २०८१ पौष २६ गते शुक्रबार

    कर्जा नतिर्नेको सम्पत्ति लिलाम गर्दै ग्लोबल आईएमई बैंक

    काठमाडौं । ग्लोबल आईमई बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ७ दिने सूचना निकालेको छ । बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले शुक्रबार (पुस २६ गते) सूचना निकालेको हो ।

    बैंकले कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि पटक पटक ताकेता गर्दा  समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागेको हो ।

    तोकिएको समय अर्थात् माघ ४ गतेभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्नेछ । बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

    साथै, तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री बैंकले जनाएको छ ।

    DeWatermark.ai_1736482036606


    images

    Logo