काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसअनुसार कम्पनीले शेयरधनीहरुलाई कुल ३ करोड २० लाख ७१ हजार ६ सय ९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
घोषित नगद लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।