images
images

उन्नती सहकार्य लघुवित्तले बोलायो साधारणसभा


  • 346
    SHARES
  • २०८१ माघ ४ गते शुक्रबार

    उन्नती सहकार्य लघुवित्तले बोलायो साधारणसभा

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले माघ २६ गते शनिबार बिहान १० बजे होटल सनस्टार इन्टरनेशनल रुपन्देही (भैरहवा) मा सभा बोलाएको छ । 

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्त सम्मको वासलात र आर्थिक वर्ष २०८०/८१ को, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नेछ ।

    सभाले लेखापरीक्षण समितिको सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने वा प्राप्ती गर्ने प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सो संग सम्बन्धित आवश्यक सम्पूर्ण कार्वाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।


    images

    Logo