images
images

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा


  • 354
    SHARES
  • २०८१ माघ ६ गते आइतबार

    हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै सो बैठकले बोनस शेयरको कर प्रयोजनार्थ रकम लगानीकर्ताहरुले नै भुक्तानी गर्नुपर्ने निर्णय पनि गरेको छ।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

     

     


    images

    Logo