काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ ।
बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।