images
images

२ अर्ब १९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 395
    SHARES
  • २०८१ माघ २७ गते आइतबार

    २ अर्ब १९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल २ अर्ब १९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

    कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३२ करोड ८५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १० करोड ९५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

    यो मुद्दति निक्षेप २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २९ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।


    images

    Logo