images
images

देशकै सफल अनि अव्वल : ग्लोवल आईएमई बैंक


  • 371
    SHARES
  • २०८१ माघ २८ गते सोमबार

    देशकै सफल अनि अव्वल : ग्लोवल आईएमई बैंक

    काठमाडौं । देशकै सफल अनि अव्वल बैंक ‘ग्लोवल आईएमई बैंक’ आफ्नो व्यवसायिक यात्राको १८ औं बर्ष पार गरिसकेको छ । व्यवसायिक रुपमा साना तथा छरिएर रहेको विभिन्न २० वटा बैंक तथा वित्तीय संस्थालाई आफुमा समाहित गर्दै ग्लोवल आईएमई बैंक देशकै वृहत् बैंक बन्न सफल भएको हो । 

    बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न र चुक्त पुँजी वृछि गर्न सफल भएको छ । यस्तै बैंकले निक्षेप संकलनमा वृद्धि गरेको देखिएको छ । बैंकले समीक्षा अवधिमा निक्षेप खातावालारुको संख्या पनि बढाएर ५० लाख भन्दा बढी पुर्याएको छ ।

    बैंकले समीक्षा बर्षमा गरेका मुख्यमुख्य उपव्लिधहरु यस्ता छन् : 

    यस्तो छ बैंकको वित्तीय स्थिति

    चालु आर्थिक बर्षको दोस्रो त्रैमासम्ममा ग्लोवल आइएमई बैंकको नाफा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा थियो।

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको व्यवसाय विस्तार, खुद ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कमिसन आम्दानी वृद्धि भएको छ । 

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २९ करोड रुपैयाँ रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ९ अर्ब २ करोड रुपैयाँ गरेको थियो । 

    पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।

    ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    सवैभन्दा धेरै कर तिर्ने बैंक

    ग्लोवल आईएमई बैंकले नेपालको बैंकले नेपालको बैंकिङ इतिहासमै सवैभन्दा धेरै कर तिर्ने बैंक बनेर रचेको छ ।  राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सवैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले ग्लोवल आईएमई बैंकलाई सम्मानित गरेको छ । समिक्षा अवधिमा बेंकले नेपाल सरकारलार्य संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढी योगदान गरेको छ । 

    सवैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेर यो बैंकले स्थानपनाको छोटो समयमै आफुलाई एक उत्कृष्ट, सवल र विश्वनीय बैंकको रुपमा स्थापित गरिसकेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत ३ हजार ८ सय भन्दा बढी नेपाली नागरिकहरुलाई प्रत्यक्ष रोजगार अवसर प्रदान गरेको छ । 

    धेरै विप्रषेण भित्र्याउने बैंकको रुपमा सम्मानित 

    ग्लोवल आईएमई बैंक आर्थिक बर्ष २०७९/८० मा सवैभन्दा बढी अथात् २१.१ प्रतिशत रेमिट्न्यास भित्र्याउने बेंकको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले हरेक बर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्न्यास भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सो सम्मान प्रदान गर्दै आएको छ ।  

    निक्षेप ग्राहक सङ्ख्या ५० लाख नाघ्यो

    बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल यस बैंकको निक्षेप ग्राहक संख्या ५० लाखभन्दा बढी पुगेको बैंकको तथ्याङकले देखाएको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारका कारण वृद्धि हुँदै गइरहेको बैंकको ग्राहक संख्यामा निरन्तर वृद्धि कायम राख्दै ग्राहक सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने नीति बेंकले अवलम्वन गरेको छ । 


    बैंकको १३ बर्षे लाभांश इतिहास 

    बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.५ प्रतिशत लाभांश वितरण गरेको छ । बंकले यस बर्ष ५.५ प्रतिशत बोनस शेयर दिएको छ भने यस बर्ष नगद लाभांश भने दिएको छैन । बैंकले १३ बर्षको अवधिमा सवैभन्ला धेरै लाभांश आर्थिक बर्ष २०७५/७६ मा बाँडेको थियो । सो बर्ष बैंकले आफ्ना शेयरधनीहरुलाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । 

    हरेक वर्ष बोनस शेयरमा जोड दिदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो ।  आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

    बैंकले हरेक आर्थिक वर्षमा शेयरधनीहरुलाई नगद लाभांश भन्दा बोनस शेयर धेरै दिँदै आएको छ । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले यस वर्ष ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

    त्यसैगरी आर्थिक वर्ष २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आर्थिक वर्ष २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

    बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस शेयरमात्र वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।

    बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश  वितरण गरेको थियो ।

    बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

    बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    त्यसैगरी बैकले आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

    कार्यालय सञ्जाल 

    ग्लोवल आईएमई बैंकले मुलुकका सातै प्रदेशमा ३ सय ५४ वटा शाखा कार्यालय पुर्याएको छ । यस्तै, ६८ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३७ वटा शाखारहित बैकिङ सेवा, ३ सय ८४ वटा एटीएम सञ्चालनमा रहेको छ । 

    त्यस्तै, यस बैंकका सातवटै प्रादेशिक कार्यालय स्थापना गरी सोमार्फत सम्वन्धित प्रदेशका शाखाहरुको समन्वय, निरीक्षण र सहजीकरणको कार्य हुँदै आएको छ । 

    यस्तो छ बैंकको इतिहास

    २०६३ सालमा १८ औँ वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आइएमई बैंक १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठुलो बैंक बनेको छ । यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । 

    बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो ।

    त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यतिमै सीमित रहेन । सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो । त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढाएको थियो । ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।

    त्यसपछि ग्लोबल आइएमई बैंकसँग हाथवे फाइनान्स गाभियो । त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि २०७६ मङ्सिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।

    त्सपछि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्जर भए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि  २०७९ साल २५ पुस गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए । त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको छ ।  


    images

    Logo