images
images

नेपाल बैङ्कले बोलायो साधारणसभा, के–के छन् एजेन्डा ?


  • 409
    SHARES
  • २०८१ फाल्गुण १२ गते सोमबार

    नेपाल बैङ्कले बोलायो साधारणसभा, के–के छन् एजेन्डा ?

    काठमाडौं । नेपाल बैँकले साधारण सभा बोलाएको छ । बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधवार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त दिन काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारण सभा बस्नेछ । 

    यो वर्ष वाणिज्य बैङ्कमध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैङ्क नेपाल बैङ्क बनेको छ । २० वाणिज्य बैङ्कमध्ये अरू सबै बैङ्कले चालु आर्थिक वर्षमा साधारण सभा आह्वान गरिसकेका छन् ।

    बैङ्कले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ । यस बैङ्कले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय यसअघि नै गरिसकेको छ । 


    images

    Logo