images
images

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 422
    SHARES
  • २०८१ फाल्गुण १५ गते बिहीबार

    युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको हो । 

    साथै कम्पनीले चैत ११ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाका लागि कम्पनीले फागुन २३ गते बुक क्लोजको मिति तय गरेको छ । फागुन २२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने र साधारणसभामा भाग लिन सक्नेछन् ।

    हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०५ रुपैयाँ छ ।


    images

    Logo