images
images

सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 464
    SHARES
  • २०८१ फाल्गुण १८ गते आइतबार

    सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा आगामी चैत १५ गते गर्ने निर्णय गरेको छ । सो सभा अम्रपालि ब्याङ्क्वेट, भाटभटेनी, नक्सालमा बिहान ११ बजे बस्नेछ । 

    कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभामा अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०\८१) उपर छलफल गरी पारित गरिनेछ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी अनुमोदन गरिनेछ ।

    कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि सो सभा मा पेस गरिनेछ । लेखापरीक्षण समितिबाट सिफारिस गरिएका एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः लेखापरीक्षकको रूपमा नियुक्त गर्न प्रस्ताव गरिएको छ ।

    कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसमा १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) र बाँकी प्रतिशत बोनस शेयरका रूपमा वितरण गरिनेछ । बोनस शेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नेछ ।

    सोही अनुसार, कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिनेछ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू पनि अनुमोदन गरिनेछ ।

    नियमनकारी निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइनेछ। साधारण सभा र लाभांश वितरणको लागि फागुन २८ गते एक दिनका लागि बुक क्लोज गरिनेछ, त्यसैले फागुन २७ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


    images

    Logo