images
images

१८ अर्ब ३० रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


  • 711
    SHARES
  • २०८१ चैत्र ४ गते सोमबार

    १८ अर्ब ३० रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

    काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८ अर्ब ३० रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार अथात् आज उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । 

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल २०८२ असार ३ गते परिपक्व हुनेछ ।

    त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । उक्त ट्रेजरी बिल २०८२ भदै ३१ परिपक्व हुनेछ । साथै, १ वर्ष अवधिको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

    उक्त ट्रेजरी बिल २०८२ चैत ३ गते परिपक्व हुनेछ । बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

    पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । 


    images

    Logo