images
images

स्वाभिमान लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 519
    SHARES
  • २०८१ चैत्र ८ गते शुक्रबार

    स्वाभिमान लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषाणा गरेको छ। लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ करोड ६१ लाख ३८ हजार ५ सय ८० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    जसमध्ये ५ प्रतिशतले हुन आउने ७३ लाख ६ हजार ९ सय २९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ५ सय ७५ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

     लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


    images

    Logo