images
images

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारणसभा


  • 467
    SHARES
  • २०८१ चैत्र ११ गते सोमबार

    राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारणसभा

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान)ले प्रथम साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले साधारणसभा आउँदो वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको हो। 

    सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

    सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

    सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०६९।७० देखि २०७३।७४ सम्मको लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ। 

    सभाले आर्थिक वर्ष २०७६।७७ देखि २०७८।७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्नेछ।


    images

    Logo