images
images

नेप्से परिसूचक २७.४७ अंकले बढ्यो


  • 396
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    नेप्से परिसूचक २७.४७ अंकले बढ्यो

    काठमाडौं । आइतबार घटेको नेप्से परिसूचक सोमबार र मंगलबार दुबै दिन बढेको छ ।

    मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.२३ अंकमा पुगेको छ । 

    आजका दिन १ करोड ८ लाख  कित्ता सेयर ५ अर्ब ८१ करोड  रुपैयाँमा कारोबार भएको छ । 

    यो दिनको कारोबारमा १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    यो दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    जसमा बोटलर्स नेपाल तराईको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १० हजार ६५ रुपैयाँ पुगेको छ । 

    त्यसैगरी रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य ९.९७ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको सेयरमा ९.९१ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर ९.८८ प्रतिशत र समता घरेलू लघुवित्तको सेयर ९.०५ प्रतिशतले बढेको छ ।

    त्यसैगरी आजको कारोबारमा गुमाउने कम्पनीमा बिशाल बजार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीे सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार ८९७ रुपैयाँमा झरेको छ ।

    त्यसैगरी लिबर्टी इनर्जी, बरुण हाइड्रोपावर, ग्लोवल आइएमई समुन्न योजना–१ र पाँचथर पावरको सेयर मूल्य ओरालो लागेको छ ।

     


    images

    Logo