images
images

३७ प्रतिशत भन्दा धेरैले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा


  • 645
    SHARES
  • २०८२ बैशाख ७ गते आइतबार

    ३७ प्रतिशत भन्दा धेरैले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणमा बैंकको नाफा ३७ प्रतिशत भन्दा धेरैले बढेको देखिएको हो । 

    सो अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३७.१२ प्रतिशतले वृद्धि हो । गत वर्ष सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ थियो ।

    यो त्रैमासमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढी थियो ।

    यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशतले घट्दै १२ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । तर, बैंकको सञ्चालन नाफा ३४.४१ प्रतिशतले बढ्दै ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य आम्दानी पनि ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

    ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ रहेको छ । बैंकले हालसम्म ५ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ४ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

    बैंकको प्रतिकित्ता आम्दानी ३ रुपैयाँ ६६ पैसाले बढ्दै १५ रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।


    images

    Logo