images
images

साढे ३८ प्रतिशतले बढ्याे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 588
    SHARES
  • २०८२ बैशाख ७ गते आइतबार

    साढे ३८ प्रतिशतले बढ्याे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    हालको अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँमा झरेको छ । इम्पेरिमेन्ट चार्जमा गिरावट आएकाले कुल नाफा बढ्न सकेको हो । इम्पेरिमेन्ट चार्ज ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।

    बैंकको सञ्चालन मुनाफा २२.२६ प्रतिशतले बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । तर, कुल सञ्चालन आम्दानी भने १.६५ प्रतिशतले घटेको छ । फि तथा कमिशनबाट हुने आम्दानी भने ३३.२४ प्रतिशतले बढेको छ ।

    चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ऋणात्मक १ अर्ब १० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९४ पैसाले वृद्धि भएर १७ रुपैयाँ ७४ पैसामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ कायम छ ।

    ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ४ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब रुपैयाँ कर्जामा लगानी गरेको छ । जगेडा कोषमा बैंकसँग ३० अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ । मूल्य आम्दानी अनुपात ११.९२ गुणामा रहेको छ ।

     


    images

    Logo