images
images

भोली भक्तपुर विशेष सांगीतिक कार्यक्रम, जी बब र मिस्टर डि लगायतका कलाकार आउँदै


  • 705
    SHARES
  • २०८२ बैशाख ७ गते आइतबार

    भोली भक्तपुर विशेष सांगीतिक कार्यक्रम, जी बब र मिस्टर डि लगायतका कलाकार आउँदै

    भक्तपुर । भक्तपुरको सल्लाघारीमा  भोली वैशाख ८ गते सोमवार भक्तपुर विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा चर्चीत गायक जी बब र मिस्टर डी, कमल खत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । 

    साँझ ४ः३० वजे शुरू हुने कार्यक्रम एक सय रूपैयाँमै हेर्ने व्यवस्था मिलाइएको छ । अघिल्ला बर्ष त्यसरी आयोजना हुने सांगीतिक कार्यक्रम हेर्न भक्तपुरवासीले दुई सय रूपैयाँ खर्चनु पर्थो । 

    नयाँ वर्षको अवसरमा सञ्चालन भइराखेको नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव अन्तरगत सो विशेष सांगीतिक कार्यक्रम हुन लागेको हो । आयोजक औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष शन्दिप महतका अनुसार, विशेष सांगीतिक कार्यक्रममा चर्चीत गायक जी बब र मिस्टर डीलगायतका कलाकारहरुको प्रस्तुति रहने छ । 

    भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले २०७२ सालदेखि महोत्सव र सांगीतिक कार्यक्रमको आयोजना  गर्दै आएको महोत्सव आयोजक समितिका संयोजक दिपक थापाले बताए । 

    बडी भन्दा बढी भक्तपुरवािसीको सहभागिता होस भन्ने उदेश्यले यश पटक टिकट मुल्य आधा गरिएको अध्यक्ष महतले बताए । उनका अनुसार, महोत्सवमा राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ । महोत्सवमा प्रवेश गर्न ८० र ५० रूपैयाँको टिकट काट्नु पर्ने व्यवस्था गरिएको छ ।


    images

    Logo