images
images

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक


  • 431
    SHARES
  • २०८२ बैशाख २४ गते बुधबार

    बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न बजारबाट नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब बराबर तरलता खिच्न भएको छ ।

    अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्ने भएको हो।

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ९तरलता० धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

    निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । वैशाख लागेसँगै केन्द्रीय बैंकले छैटौँ पटक तरलता खिच्ने भएको हो । यसअगाडि ३ गते र ७ गते ३० अर्ब र १० गते ३५ अर्ब , १७ गते ५० अर्ब २१ पनि ५० अर्ब तरलता खिचेको थियो ।


    images

    Logo