काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १४ बैंकले अघिल्लाे महिना झैं ब्याजदर यथावत राखेका छन् । एभरेस्ट, सानिमा र नेपाल बैंकले ब्याजदर थोरै बढाएका छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले घटाएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर वैशाखको ५.९७९ प्रतिशतबाट जेठमा ५.९५२ प्रतिशतमा झरेको छ । बैंकहरूले तरलता, कर्जाको माग र लागतलाई ध्यानमा राख्दै ब्याजदरमा सानो हेरफेर गरेका हुन् ।
लामो अवधिको मुद्दतीमा थोरै बढी र छोटो अवधिको मुद्दतीमा कम ब्याज दिने नीति देखिएको छ । ब्याजदर घट्दा कर्जाको दर पनि घट्ने सम्भावना हुन्छ। राष्ट्र बैंकको नियमअनुसार व्यक्तिगत र संस्थागत निक्षेपबीच कम्तीमा १ प्रतिशत फरक हुनुपर्ने छ।
जेठमा सबैभन्दा कम ब्याजदर नेपाल बैंकले ५.४५% र सबैभन्दा धेरै एभरेस्टले ६.६४% तोकेका छन् ।
कसले कति दिँदै छन् ?



