images
images

राष्ट्र बैंकले ९० प्रतिशत पुर्‍यायो अनिवार्य नगद मौज्दातको सीमा (पूर्णपाठ)


  • 770
    SHARES
  • २०८२ जेठ १४ गते बुधबार

    राष्ट्र बैंकले ९० प्रतिशत पुर्‍यायो अनिवार्य नगद मौज्दातको सीमा (पूर्णपाठ)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि अनिवार्य नगद मौज्दातको दैनिक कायम गर्नुपर्ने न्यूनतम सीमा ९० प्रतिशतमा बढाएको छ । नयाँ व्यवस्था २०८२ साल जेठ १८ गतेबाट लागू हुनेछ ।

    अहिलेसम्म बैंकहरूले अनिवार्य नगद मौज्दातको कम्तीमा ७० प्रतिशत रकम दैनिक रूपमा राख्नुपर्ने व्यवस्था थियो । २०७९ साल भदौ १२ गतेदेखि लागू भएको नीति अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कुल निक्षेप दायित्वको ४ प्रतिशत राष्ट्र बैंकमा अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था यथावत् राखिएको छ ।

    तर, चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत राष्ट्र बैंकले दैनिक राख्नुपर्ने न्यूनतम सीमा ९० प्रतिशतमा पुर्‍याउने निर्णय गरेको हो । यो निर्णय वित्तीय संस्थाहरूको नगद व्यवस्थापनमा थप कडाइ ल्याउने उद्देश्यले गरिएको बताइएको छ ।

    राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार, अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेपका आधारमा गरिन्छ । निक्षेपको साप्ताहिक औसत आइतबारदेखि शनिबारसम्मको कुल रकमलाई सातले भाग गरेर निर्धारण गरिन्छ । त्यस्तै, मौज्दातको औसत गणना आइतबारदेखि १४ औँ दिनको शनिवारसम्मको नगद मौज्दातलाई १४ ले भाग गरेर गरिन्छ ।

    नयाँ नियमले बैंकहरूलाई दैनिक रूपमा न्यूनतम ९० प्रतिशत नगद मौज्दात राख्न बाध्य पार्नेछ, जसले वित्तीय अनुशासन कायम राख्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।


    images

    Logo