images
images

३ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित)


  • 331
    SHARES
  • २०८२ जेठ २० गते मंगलबार

    ३ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित)

    काठमाडौं । दुई विदेशी र एक नेपाली निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

    जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा कालोसूचीमा परेका छन् ।

    मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।


    images

    Logo