images
images

घट्यो वाणिज्य बैंकको नाफा, १० महिनामा कुनले कति कमाए ?


  • 427
    SHARES
  • २०८२ जेठ ३१ गते शनिबार

    घट्यो वाणिज्य बैंकको नाफा, १० महिनामा कुनले कति कमाए ?

    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरु काे नाफा घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा यसपटक वाणिज्य बैंकहरु काे नाफा १.६७ प्रतिशतले घटेकाे हाे । 

    चालू आर्थिक वर्षको १० महिनामा बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गएको वर्षको यसैअवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गएको वर्षको वैशाखसम्म बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

    चालू आर्थिक वर्षको १० महिनामा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । गएको वर्षको वैशाखमा ५९ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको नेपाल बैंकले चालू आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब २८ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

    त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३ प्रतिशतले नाफा बढाएर ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३१ प्रतिशतले नाफा बढाएर ३ अर्ब ९० करोड र ग्लोबल आईएमई बैंकले झन्डै ३० प्रतिशतले नाफा बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुर्‍याएका छन् ।

    यस्तै माछापुच्छ्रे बैंकको १८.७ प्रतिशतले नाफा बढेर १ अर्ब ३१ करोड, लक्ष्मी सनराइज बैंकको १०.२ प्रतिशतले नाफा बढेर २ अर्ब १५ करोड, सानिमा बैंकको ७.१ प्रतिशतले नाफा बढेर १ अर्ब ८७ करोड, एनएमबी बैंकले ५.६ प्रतिशतले नाफा बढेर २ अर्ब ६२ करोड, नबिल बैंकको २ प्रतिशतले नाफा बढेर ५ अर्ब ६० करोड र सिद्धार्थ बैंकको १.७ प्रतिशतले नाफा बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

    एनआईसी एशिया बैंकको नाफा ७७.१ प्रतिशतले घटेर ४७ करोड ८७ लाख, हिमालयन बैंकको ६९.३ प्रतिशतले घटेर ६८ करोड ३४ लाख तथा कुमारी बैंकको ६६.३ प्रतिशतले घटेर ४८ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

    यस्तै कृषि विकास बैंकको ३५.७ प्रतिशतले नाफा घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ३०.९ प्रतिशतले घटेर १ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।

    सिटिजन्स बैंकको नाफा २१.४ प्रतिशतले घटेर १ अर्ब १८ करोड, प्रभु बैंकको नाफा २०.१ प्रतिशतले घटेर २ अर्ब १४ लाख, प्राइम कमर्सियल बैंकको नाफा १९.८ प्रतिशतले घटेर २ अर्ब ५८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १२ प्रतिशतले घटेर २ अर्ब ३४ करोड र नेपाल एसबीआई बैंकको नाफा २.९ प्रतिशतले घटेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


    images

    Logo