काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
अन्य स्थानमा भने आंशिकदेखि पूर्ण बदली र हल्का वर्षाको सम्भावना छ । पश्चिमी भागमा भने मौसम सफा रहनेछ ।