images
images

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो


  • 344
    SHARES
  • २०८२ श्रावण ९ गते शुक्रबार

    नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

    काठमाडौं । नबिल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ ।

    बैंकले साउन ६ गतेदेखि आठ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको छ । यो डिबेञ्चरमा अब साउन २० गतेसम्म आवेदन दिन सकिने छ ।

    बैंकले प्रतिईकाइ एक हजार रुपैयाँका दरले तीन अर्ब रुपैयाँ ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । बैंकले आफ्नै पहलमा ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र बिक्री गर्ने छ ।

    यस्तै बाँकी ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँको १२ लाख इकाई सर्वसाधारणका लागि निष्काशन भएको हो । ६० हजार इकाइ भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

    ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतममा सम्पूर्ण कित्तामा आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

    आवेदन भने नेपाल धितोपत्र बोर्डबाट सी आश्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने छ ।

     

     

     

     


    images

    Logo