images
images

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब बढी, अन्य सुचक कस्तो छ ?


  • 737
    SHARES
  • २०८२ श्रावण २० गते मंगलबार

    माछापुच्छ्रे बैंकको नाफा २ अर्ब बढी, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । माछापुच्छ्रे बैंकले २ अर्बभन्दा बढी नाफा कमाएको छ । आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले सो रकम बराबरको नाफा कमाएको हो । गत वर्ष यस्तो नाफा १ अर्ब ४ करोड रहेको थियो । 

    सो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ ।  जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो। सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ।

    सो अवधिमा बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने  बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने  कर्जा लगानी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।


    images

    Logo